सडक दुर्घटनामा पुर्व मन्त्री एवं अध्यक्ष न्यौपाने सहितका नेताहरु गम्भिर
शनिबार, २६ भदौ
काठमाडौ । चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्षसहित करिब आधा दर्जन पदाधिकारीहरु सवारी दुर्घटनामा परि भम्भिर घाईते भएका छन ।
सर्लाहीमा आयोजित सभालाई सम्बोधन गर्न काठमाडौबाट त्यतातर्फ जाने क्रममा शनिवार दिउँसो बर्दिबासमा उनीहरु सवार ना ३ च २६२३ नम्बरको बोलेरो जिप सडक भन्दा दुई सय मिटर परसम्म गुल्टीदै दुर्घटनाग्रस्त भएको थियो ।
घटनामा अध्यक्ष बद्रीप्रसाद न्यौपाने सामान्य घाईते भएका छन भने सहअध्यक्ष कृष्णगोपाल श्रेष्ठको खुट्टा भाँचिएको छ ।
त्यस्तै प्रवक्ता केदार प्रसाद निरौलाको हात, सर्लाही जिल्ला अध्यक्ष तुलसीप्रसाद हुमागाईको हात भाच्चिएको छ भने चाल बिमल विक सख्त घाईते भएका छन । उनीहरु बर्दिवासको जनसेवा अस्पतालमा उपचार भईरहेको छ ।
www.nepalsandesh.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses