आन्दोलन छाडेर काठमाडौं आएका यादवको वार्ता भाँड्ने यस्तो धम्की
काठमाडौं । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले यथास्थितिमा सरकारसँग वार्ताको कुनै सम्भावना नभएको स्पष्ट पारे ।शनिबार राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले तीन दलले संविधानसभामा तत्कालकालागि कोरम नपुगेकोले दुई दिन स्थगित गरेको दावी गर्दै यो स्थगतको कुनै औचित्य नभएको प्रष्ट पारे ।
यादवले आफुहरु वार्ताका विरोधी नभएको तर सरकारले बार्ताको वातावरण बनाउन नसकेको आरोप समेत लगाए । सेना परिचालन गरेर मधेसमा तनाव कायम रहँदासम्म वार्ताको वातावरण नबन्ने भन्दै राजनीतिक समस्याको समाधान सेना परिचालन गरेर नहुने उनको भनाई थियो ।
उनले आफूहरुको आन्दोलन शान्तिपूर्ण भएको दावी गर्दै आफूहरुको शान्तिपूर्ण आन्दोलनमा देशलाई अस्थिरतातर्फ धकेल्न चाहने तत्वले घुसपैठ गरेको हुन सक्ने भएकोले सरकारले त्यसको छानविन गरेर कारवाही गर्नुपर्ने माग गरे ।
यादवले महोत्तरीमा राष्ट्रसेवक प्रहरीको हत्या हुनु दुखद भएकाले घटनाको सरकारले छानविन गरेर दोषीमाथि कारवाही गर्न माग गरे । उनले यस्ता गतिविधिमा सरकारले कारवाही गरे आफुहरुले सहयोग गर्ने बताए ।
उनले आफूहरुको माग कुनै नयाँ नभएकोले यसलाई पुरा गर्ने प्रतिबद्धता ब्यक्त, सेना परिचालन फिर्ता गरे बार्ताको बातावरण बन्ने भन्दै विभेदकै विच संविधान जारी गरे त्यो मुलुकले थेग्न नसक्ने ठोकुवा गरे ।
प्रकृया रोकेको नभै कोरम कुरेकाले वार्ता नाटकको अर्को रुप भएको भन्दै यस्तै भए अर्को विद्रोह थाल्ने उनले धम्की दिएका छन् ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses