जनकपुरमा कर्फ्यू उलंघन गर्दा गोली चल्यो
जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय, धनुषाले जनकपुर नगरमा विहान ६ बजेदेखि लगाएको कफ्र्यू संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले उलंघन गर्दा ठाउँठाउँमा झडप भएको छ ।कर्फ्यू अवज्ञा गर्दै विहानदेखि ठाउँठाउँमा टायर बाली सरकार र प्रमुख तीन दलको विरोधमा नाराबाजी गरेका छन् ।
यता, प्रहरीले सडकमा देखीने व्यक्तिलाई लखेट्दा नगरको मुख्य चौकहरुमा झडप जारी रहेको छ ।
अहिले जनकपुरका मिल्स एरिया, विश्वकर्मा चोक, महावीर चोक, जानकी चोक, देवीचोक र बजरंग चोकसहितका स्थानमा प्रहरी र प्रर्दशनकारीबीच झडप जारी छ ।झडपका क्रममा प्रहरीले १२ राउन्डबी हवाई फायर गरिसकेको छ ।
मोर्चाले शुक्रबार ‘चलु जनकपुर भरुजनकपुर’ नाराका साथ गाउँगाउँबाट प्रदर्शन गर्दै दिउँसो २ बजे सदरमुकाममा प्रवेश गरी कर्फ्यू अवज्ञा गर्ने जानकारी गराएको छ ।
विहीबार बसेको सुरक्षा समितिको बैठकले शुक्रबार विहान ६ बजेदेखि अनिश्चितकालको लागि नगरक्षेत्रमा कफ्र्यू लगाउने निर्णय गरेको हो ।
सुरक्षाकर्मीहरु बिहानैदेखि नगरका मुख्य नाकाहरुमा तैनाथ गरिएको छ । नगरका मुख्य चोकहरुमा समेत उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् ।
जनकपुर प्रवेश गर्ने मुख्य नाकाहरु पूर्वको कपिलेश्वरदेखि पुल्चोकसम्म, पश्चिमको बेलापूल, उत्तरको बाबा पेट्रोल पम्प तथा दक्षिणको कुवा रामपुरस्थित शिक्षा कार्यालय क्षेत्रमा कफ्र्यू लगाई ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
annapurnapost.com


0 comments
Write Down Your Responses