कपिलबस्तुमा दई प्रहरी चौकीमा मोर्चाका कार्यकर्ताको आक्रमण : प्रहरी चौकी छाडेर भागे
कपिलबस्तु – मधेशी मोर्चाहरुले सीमांकनको विरोधमा गरेको शान्तिपूर्ण आन्दोलन कपिलवस्तुमा हिंस्रक बन्दै गएको छ । मोर्चाका कार्यकर्ताले मंगलवार राती जिल्लामा दुई वटा प्रहरी चौकीमाथि आक्रमण गरेका छन् । मंगलबार राती ९ बजे करिब ३ सयको संख्यामा घरेलु हथियार सहित आएका आन्दोलनकारीहरुले लबनी प्रहरी चौकीमा आक्रमण गरेका छन् । लुम्बिनी–तौहिलवा सडक खण्ड अन्र्तगत रहेको प्रहरी चौकीमा आक्रमण गर्ने पूर्व योजना पाएलगत्तै प्रहरी चौकी छाडेर भागेका थिए । आगजनीबाट चौकीको पक्की भवन, कागजात र गस्तीगर्ने साईकल नष्ट भएको स्थानीयबासीले जनाएका छन् । मोर्चाका नेता अब्दुल रसीद खाँले लवनी प्रहरी चौकीमा आक्रमण र आगजनी गरिएको पुष्टि गरेका छन् । त्यहाँ कार्यरत प्रहरी सहायक निरिक्षक राम बहादुर क्षेत्रीसहित १३ प्रहरी बुधबार विहान ५ बजे इप्रका पकडीको सम्पर्कमा आइपुगेको र सबै सकुशल रहेको प्रहरी निरिक्षक जयश्री कुँवरले बताए । यसै गरि मोर्चाका कार्यकर्ताहरुले मंगलवार राती ११ बजे बिजुवा प्रहरी चौकीमा आक्रमण गरि आगजनी गरेका छन् । मंगलववार साँझ लवनी प्रहरी चौकीमा आक्रमण गरी ध्वस्त बनाएका मोर्चाका कार्यकर्ताहरुले बिजुवा प्रहरी चौकीमा समेत तोडफोड गरी आगजनी गरेका हुन । आगजनी गरिएको दुबै प्रहरी चौकी जिल्लाका निर्वाचन क्षेत्र नम्बर २ का हुन । बिजुवा गाबिस भवनमा रहेको चौकीलाई घरेलु हतियार सहीत आएका सयौको संख्यमा रहेका मोर्चाका कार्यकर्ताहरुले भवनमा आगो लगाएका थिए । आगलाीबाट भवनमा ठुलो क्षति पुगेको छ । संभावित आक्रमणको सुचना पाए पछि त्यहा रहेका नौ जना प्रहरी सुरक्षित स्थानमा भागेका थिए । चौकीमा कार्यरत ९ जना प्रहरी राती ३ बजे सीमा प्रहरी चौकी चाकरचौडाको सम्पर्कमा सुरक्षित पुगेको प्रहरी उपरिक्षक बिक्रम गुरुङले जानकारी दिए । आफ्ना माग बिपरित एकतर्फीरुपमा संबिधान निमाृण प्रक्रियामा लागेको भन्दै गत गत शुक्रवार मोर्चाका नेताहरुले स्थानीय प्रहरी चौकीहरु हटाउने सहीत ६ बुदे निर्णय गरेका थिए । सो लगत्तै सोमबार मर्यादपुर स्थित सशस्त्र प्रहरी पोस्टमा समेत मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका थिए । मोर्चाका कार्यकर्ताहरुले प्रहरी चौकीलाई निशाना बनाए पछि गाँउ गाँउमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीहरु निकै त्रसित बनेका छन् । जिल्लाका दक्षिणी क्षेत्रमा रहेका संबेदनशील र असुरक्षित प्रहरी चौकीलाई तत्काल नजिकैका ईलाका प्रहरी कार्यालयहरुमा गाभ्ने तयारी सुरक्षा समितिले गरिरहेको छ । www.ratopati.com


0 comments
Write Down Your Responses