गच्छदार संविधानसभा फिर्ता हुने मुडमा, अनौपचारिक वार्ता सकारात्मक
काठमाडौं, ३० भदौ । संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको मधेसी जनअधिकार फोरम नेपालसहितका साना दुई दललाई फिर्ता गराउन प्रमुख तीन दल अन्तिम चरणमा पुगेका छन् ।स्रोतका अनुसार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग भएका अनौपचारिक वार्तापछि उनीहरू संविधानसभामा फिर्ता हुन तयार भएका हुन् ।
तर गच्छदारको मोर्चाले संविधानसभामा फिर्ता हुने वा नहुने औपचारिक रुपमा केही जनाएको छैन ।
फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी भने थारुका माग पूरा नभएसम्म संविधानसभामा फिर्ता हुने विषयमा आफूहरु तयार नहुने बताउनुहुन्छ ।
गच्छदारलाई फिर्ता ल्याउन एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा प्रधानमन्त्री सुशील कोइरालाले पटक पटक अनौपचारिक कुराकानी गरिसक्नुभएको छ ।
गच्छदारले आफ्नो नेतृत्वमा शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादवको फोरम गणतान्त्रिकलाई मिलाएर संघीय लोकतान्त्रिक मोर्चा बनाउनुभएको छ ।
dainiknepal.com


0 comments
Write Down Your Responses