दमौली घटनामा मृत्यु हनेको संख्या दुई पुग्यो
पोखरा, २७ भदौ । तनहुँको दमौलीमा भएको प्रदर्शनका क्रममा थप एकजनाको ज्यान गएको छ । बुधबार साँझ दमौली अस्पतालमा घेराउ गर्दा प्रहरीले चलाएको अश्रुग्यासले सख्त घाइते भएकी ७८ वर्षीया सुनिमाया श्रेष्ठको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत पूर्णबहादुर आलेको गत आइतबार शङ्कास्पद अवस्थामा शव भेटिएपछि आन्दोलनले उग्ररुप लिएको हो ।
यसअघि गोली लागी उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएका व्यास– १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुरालाई शनिबार साँझ बसेको सर्वपक्षीय भेलाले सहिद घोषणा र मृतकका परिवारलाई रु १० लाख दिनेलगायतका सहमति गरे पनि आन्दोलन साम्य बनेको छैन ।

मृतक पूर्णबहादुर आलेका आफन्तजनले पनि पुनः मेडिकल रिपोर्ट नआएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन् । दमौली बजार क्षेत्रमा बसिरहेका मानिसमाथि प्रहरीले आज बिहान अन्धाधुन्ध ढुङ्गा प्रहार गर्नुका साथै दुव्र्यवहारसमेत गरेको भन्दै पुनः आन्दोलनकारी आक्रोशित बनेका छन् ।
www.etajakhabar.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses