दिनदहाडै सहकारी बैंकबाट तीन लाख लुटियो
महोत्तरी, २७ भदौ ।  महोत्तरीको बर्दिबासमा आज दिउँसो स्वावलम्बन लघु वित्त सहकारी बैंकको तीन लाख लुटिएको छ । पाटु गाउँबाट बैंकको समूहबाट रकम सङ्कलन गरी मोटरसाइकलमा फर्किरहेका बैंकका कर्मचारी नवीन न्यौपानेबाट लुटेराको समूहले रकम लुटेको बैंकले जनाएको छ ।

चार÷पाँचजनाको सङ्ख्यामा रहेका लुटेराको समूहले बर्दिबास–४ स्थित स्मृति चौकमा न्यौपानेलाई कुटपिट गरी रकम लुटेर जङ्गलतर्फ फरार भएका थिए ।


घटना घट्ने बित्तिकै इलाका प्रहरी कार्यालय बर्दिबासले कर्मचारी न्यौपानेलाई नियन्त्रणमा लिई छानबिन सुरु गरेको प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए ।

www.etajakhabar.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses