दुर्घटनापछिको झडपमा गोली लागेर चार वर्षिय बालकको मृत्यु
भैरहवा : रुपन्देहीको भैरहवा–लुम्विनी सडकखण्डको वेथरीमा स्थानिय प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर एक चार वर्षिय बालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

प्रहरीमाथि नै ढुंगामुढा भएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय वालक चन्दन कुमार पटेलको मृत्यु भएको छ। वाललको शव युनिभर्सल शिक्षण अस्पताल भैरहवामा राखिएको छ। अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण छ।


घाइते नन्दनी पाण्डे, पुर्णपासी धोवी लगायतको अस्पताललमा उपचार जारी रहेको छ। सुरक्षाकर्मीले लुम्विनी औद्योगिक कोरीडोरका मालवहाक सवारी साधनलाई स्कर्टिङ गरी भैरहवातर्फ
ल्याउनेक्रममा बेथरीमा एक ट्रकले स्थानिय महिला नन्दनी पाण्डेलाई ठक्कर दिएपछि स्तिथीलाई नियन्त्रण लिन प्रहरीले गोली चलाएको थियो। दुर्घटनाका कारण आक्रोशित स्थानियवासीले ट्रकमाथि आगजनी गरेकाले स्थितीलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले गोली चलाउन वाध्य भएको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए।


दुर्घटनामा परेकी महिलाको अवस्था सामान्य रहेको छ। उनको युनिभर्सल शिक्षण अस्पतालमा उपाचार भइरहेको छ। सुरक्षाकर्मीले दर्जनौ अश्रुर ग्यास र हवाई फायर चलाएको थियो।यसैबीच जिल्ला सुरक्षा समितीले भैरहवा क्षेत्रमा ५ दिन निषेधाज्ञा थप गरी लम्वाएको प्रमुख जिल्ला अधिकारी विष्णुसाद ढकालले जानकारी दिए।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses