मधेसी मोर्चाका कार्यकर्ताले स्कुल बस जलाए
परासी : संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले गएराति परासीको बैरिहवा चोकमा एक स्कुल बसमा आगजनी गरेका छन् ।प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताहरुले राती १ बजेको समयमा परासीस्थित लिटिल एन्जेल्स उच्च माविको बसमा आगजनी गरेका हुन ।
परासीका अधिकांश निजी विद्यालयहरुले विद्यार्थी ओसारपसार गर्न ग्रामीण क्षेत्रमा बस पठाउने गरेका छन् ।
त्यसरी पठाइएका बस राति गाउँमा नै बसेर विहान विद्यार्थीलाई स्कुल लिएर आउने गरेका छन् ।
बन्दका कारण एक महिनादेखि कुस्मा गाउँमा राखिएको उक्त बस रातको समयमा ल्याउने क्रममा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेको बताइएको छ ।
तर स्कुलमा प्राचार्य सूमनगोपाल आचार्यले भने गाउँमा एक महिनादेखि रोकी राखेको बसमा आगजनी गरेको बताएका छन् ।
संविधानको प्रकृया अघि बढेसँगै नवलपरासीका मधेस केन्द्रीत दलले आफ्नो आन्दोलनलाई कडा बनाउन थालेका छन् ।
केन्द्रको निर्देशन भन्दै उनीहरुले आईतवार रातिदेखिनै बन्द हड्ताललाई कडा बनाउने योजना अनुसार आफ्ना गतिविधिलाई अघि बढाएका छन् । annapurnapost.com


0 comments
Write Down Your Responses