माइक्रो बसले स्कुटीलाई ठक्कर दिँदा जमुनाको ज्यान गयो
पोखरा, २८ भदौ । पोखराको अमरसिंहचोकमा माइक्रो बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।लेखनाथबाट पोखरातर्फ आइरहेको ना५ख ३४० नम्बरको माइक्रो बसले पोखराको छिनेडाँडाबाट पृथ्वीचोकततर्फ
आइरहेको ग१० प७४४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा सिमलचौर निवासी २३ वर्षीया जमुना पहारी अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
स्कुटरको पछाडि बस्ने २० वर्षीया एलिसा बराल सामान्य घाइते भएकी छिन् । मृतक जमुना छिनेडाँडामा आफ्नी दिदीको घरमा दर खाएर घर फर्कदै गर्दा आइतबार साँझ सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले माइक्रो बस चालक लेखनाथका २४ वर्षीय मीनबहादुर सुनारलाई पक्राउ गरेको छ
dainiknepal.com


0 comments
Write Down Your Responses