काँग्रेस नेता हत्यामा संलग्न सबै जेल चलान
पोखरा, २८ भदौ- नेपाली काँग्रेस कास्कीका नेता रामजी पौडेल ‘बादल’ को हत्यामा संलग्न सबै ९ जना चेल चलान भएका छन् । हत्यामा संलग्न चार जना र उनीहरुलाई भगाउन सघाउने अरु पाँच जना पुर्पक्षको लागि जेल चलान भएका हुन् । कास्की जिल्ला अदालतका न्यायाधिश नरिश्वर भण्डारीको ईजलासले सोमबार यो फैसला सुनाएको हो ।
गत साउन २८ गते राति लेखनाथ १२ गगनगौंडामा बादलको हत्या भएको थियो । हत्यामा संलग्न लेखनाथ १२ का ३० बर्षीय राजु रानाभाट, लेखनाथ १३ का ३० बर्षीय प्रकाश गुरुङ, लेखनाथ १३ सुकुम्वासी टोलका २० बर्षीय अशोक गुरुङग र लेखनाथ १२ का २५ बर्षीय विश्वास गौतम जेल चलान भएका हुन् । यसैगरी, हत्यारा भगाउन सहयोग गरेको अभियोगमा पक्राउ परेका अन्य ५ जना पनि जेल चलान भएका छन् । www.etajakhabar.com


0 comments
Write Down Your Responses