एक लाखमा बुहारीले सासूलाई यसरी बनाईन् ‘वेश्या’
काठमाडौं, ३० भदौ । भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीद्वारा बन्धक बनाएर बलात्कार गरिएका नेपाली महिलालाई आफ्नै बुहारीले बिक्री गरेको खुलेको छ ।प्रहरीले मंगलबार एक लाखमा बिक्री गर्ने कल्पना परियारलाई पक्राउ गरेको छ । परियार बलात्कारमा परेकी एक ५० वर्षीय महिलाकी आफ्नै बुहारी हुन् ।
साउदी अरबमा आकर्षक तलबमा हाउसमेडको जागिर लगाइीदने भन्दै परियारले आफ्नै सासूआमा र अर्की एक महिलालाई साउदी दूतावासका कर्मचारीलाई बिक्री गरेकी थिइन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
dainiknepal.com


0 comments
Write Down Your Responses