नयाँ संविधान जारी गर्न शुक्रबारदेखि नै संविधानसभामा मतदान
काठमाडौं : नयाँ संविधान जारी गर्न शुक्रबारदेखि नै संविधानसभामा मतदानको प्रकृया सुरु हुने भएको छ।

आन्दोलनकारी दलहरुसँग वार्ताको ढोका खुल्ला राख्दै संविधान निर्माणलाई मतदानको प्रकृयामा लैजाने निश्कर्षमा मुख्य तीन दल पुगेका हुन् । यस सम्बन्धमा आवश्यक तयारी र व्यवस्थापन गर्न सभाध्याक्ष सुवास नेम्वाङले संविधानसभा सचिवालयलाई निर्देशन दिएका छन्।

संविधानका हरेक प्रावधानलाई मतदानबाट टुंगो लगाएर भदौं मसान्तभित्रै संविधान जारी गर्ने कार्यतालिकाअनुसार प्रक्रियालाई तीव्रता दिइएको छ। संविधानसभा सचिवालयले शुक्रबारदेखि सुरु हुने मतदानका लागि  प्राविधिक गृहकार्य सुरु गरेका छन् । यस बीचमा दलहरुले आन्दोलनकारी पक्षहरुसँग संवादको प्रयोगलाई जारी राख्ने छन् ।


सभाध्याक्ष सुवास नेम्वाङले संविधानको विदेकमाथिको दफावार छलफल सकेर शुक्रबार नै मतदान सुरु गर्ने जानकारी दिए । उनले भने अब प्रकृया रोकिदैन भदौभित्रै संविधान जारी हुन्छ ।


संविधान सचिवालयले भदौमसान्तभित्रै संविधान जारी गर्नका लागि  कार्यसुची तय गरिसकेको छ । संविधानको विधेयकमाथि पचासभन्दा बढी संशोधन पेश गर्ने र सभासद्ले बोल्ने क्रम बिहीबार नै सकिएको छ ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses