आदित्यको भविष्यवाणी मिल्यो, उनको रोग भने पत्ता लागेन
काठमाडौं । तीन महिनादेखि अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा उपचारत् चमत्कारिक क्षमताका धनी बालक आदित्य दाहालको रोग अझैसम्म पत्ता लाग्न सकेको छैन । तर उनले गरेका भविष्यवाणी भने मिल्दै गएको छ ।उनले २०७२ सालमा संविधान जारी हुन्छ भनेर भविष्यावाणी गरेका थिए । ०७२ सालमै संविधान जारी भयो । त्यस्तै नेपालको भावि प्रधानमन्त्री को ? भन्ने विषयमा उनले लेखेका थिए – केपी ओली । त्यो पनि उनको भविष्यवाणी मिल्यो ।
तर एउटै उनले भनेको भविष्यवाणी एउटै मिलेको छैन । त्यो उनले आफ्नो रोग २०७२ साउन ३१ गते आफै निको हुने भविष्या वाणी गरेका थिए त्यो भने मिलेको छैन ।
नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास तथा विभिन्न संघ–संस्थाहरुको सहयोगमा गत श्रावण ११ गतेदेखि आदित्यको क्यालिफोर्नियास्थित स्टान्डफोर्ड अस्पतालमा उपचार भइरहेको छ ।
शारीरिक दुर्वलतालाई लिएर अनुसन्धान गरिरहेका चिकित्सकहरुले आदित्यमा ‘एनबीआइ ए डिसअर्डर’ भएको अनुमान गरेका थिए । तर, तीन महिनाको अनुसन्धानले उक्त रोगका कुनै पनि लक्षणहरु पुष्टि हुन नसकेको चिकित्सकहरुले बताएका छन् ।
उनको रोग विश्वमा पत्ता लागेका १३ प्रकार एनबीआइए डिसअर्डरसम्बन्धी रोगहरुमासमेत नपरेपछि चिकित्सकहरु गम्भीर वैज्ञानिक अनुसन्धानका रुपमा लागेको आदित्य प्रतिष्ठानले जनाएको छ ।
अस्पतालले थप परीक्षण तथा अनुसन्धान सुरु गरेको र नयाँ अनुसन्धानको रिपोर्ट आउन अझै तीन महिना बताएको जनाइएको छ ।
यसैबीच, अमेरिकामै रहेर पनि आदित्यले स्वदेशको सम्बन्धमा धारणा व्यक्त गर्नेक्रम पनि जारी रहेको छ । पछिल्लोपटक उनले ‘सत्ता र शक्तिको लागि आफ्नो इमान, स्वाभिमान र आत्मसम्मानको मोल आफैं नराखौं, आत्मसम्मान पाउन आत्मनिर्भर बन्ने प्रयास गरे एकदिन अवश्य सफलता मिल्नेछ’ भनेका छन् ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses