बिज्ञ भन्छन् ‘नेपालमै पेट्रालियम पदार्थको खानी छ, यसरी निकाल्न सकिन्छ तेल’
बुधबार, २७ असोजकाठमाडौ । नाकाबन्दीका कारण ग्यास अभाव भएर चुलो बल्न छाडेपछि काठमाडौं, ताहाचलका अमृत भुजेलले २७ वर्षअघि आफूले काम गरेको परियोजना सम्भ्किए।
मोरङको बाहुनी धारानगरमा तेल अन्वेषण कम्पनीको परियोजनामा उनले २०४५ सालमा काम गरेका थिए। ’त्यो परियोजना अधुरै रह्यो, नेपालले चाहेको भए यतिका वर्षमा त देशमै निकाल्न सकिन्थ्यो,’ भुजेलले भने।
उनी अहिले पनि झापास्थित घर जाँदा बाहुनी धारानगर पुग्ने गर्छन्। ’भारतलाई आफ्नो देशमा रहेको तेल खानी सुक्छ भन्ने डर थियो। कम्पनीका इन्जिनियरलाई नै भारतले लगेर तेल पत्ता लगाएको भन्ने हामीले त्यतिबेला सुनेका थियौं,’ उनले सुनाए।
खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट दिनेशकुमार नापित भने त्यतिबेला ३ हजार ४ सय २० मिटर खन्दा पनि तेल नदेखिएपछि उक्त अन्वेषण परियोजनाको ठेकेदार नेदरल्यान्ड कम्पनी फर्किएको बताउँछन्।
अन्वेषण परियोजनाका जियोलोजिस्ट नापित नेपाल आफैंले सक्रिय नेतृत्व नलिएसम्म तेल पत्ता नलाग्ने र निकाल्न पनि नसकिने बताउँछन्। ’हालसम्मको अन्वेषण अनुभवका आधारमा मेरो अन्तरआत्माले भन्छ, नेपालमा तेल छ तर हामी आफैंले अन्वेषण गर्न र उत्खननका लागि नेतृत्व नलिए सफल हुन सकिँदैन।’ आजको नागरिकमा समाचार छ ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses