दुई सय पचास चालक कारबाहीमा


 : दसैँको अवधिमा यहाँ नियम उल्लङ्घन गरेर सवारी चलाउने २५० चालक कारबाहीमा परेका छन् ।

उनीहरुबाट रु डेढ लाख बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । घटस्थापनादेखि आजसम्म उनीहरुलाई कारबाही गरी एक लाख ५२ हजार राजस्व सङ्कलन गरिएको हो ।


आज मात्रै सवारी नियम उल्लङ्घन गर्ने २० चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले चाडबाडमा हुन सक्ने आपराधिक क्रियाकलाप र सवारी दुर्घटनालाई दृष्टिगत गरेर कारबाहीलाई तीव्रता दिएको छ ।

सबैभन्दा बढी सवारी नियम उल्लङ्घन गर्नेमा मोटरसाइकल र ट्रक छन् । चाडबाडका बेला सवारी नियम उल्लङ्घनका घटना बढ्न सक्ने भएकाले कडा निगरानी थालिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा हेल्मेट नलगाउने, सवारी अनुमतिपत्र र नवीकरण नभएको तथा तीनजना चढेरहरु कारबाहीमा परेका छन् ।

ट्राफिक प्रमुख रमेशराज भेटवालले जिल्लामा दसैँका बेला ठूला दुर्घटना नहुनु उपलब्धिपूर्ण भएको बताए । नेपाल प्रहरीले समेत दुर्घटना न्यूनीकरणका लागि विशेष सुरक्षा योजना नै बनाएर काम गरेको थियो । रासस
www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses