राष्ट्रपति पदबाट विदा हुनै लाग्दा डा.यादव अचानक धुलिखेल कसलाई भेट्न पुगे ?
काठमाडौं, ७ कात्तिक । राष्ट्रपति डा.रामवरण यादव आज अचानक काभ्रेको धुलिखेल पुग्नुभएको छ ।दिउँसो करिव २ बजेर ४० मिनटमा डा.यादव धुलिखेल पुग्नु भएको हो ।
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्माको निवासमा अचान पुग्नु भएका डा.यादवको धुलिखेल भ्रमणका विषयमा केही बताइएको छैन ।
हुन त डा. शर्मा राष्ट्रपति डा.यादवका सहपाठी हुनुहुन्छ ।
स्रोतका अनुसार डा.यादवले डा.शर्माको निवासमा उच्च राजनीतिक विषयमा परामर्श गर्न सक्ने जनाइएको छ ।
सडकमार्ग हुँदै धुलिखेल पुग्नु भएका डा.यादवले चिकित्सा क्षेत्रमा देखिएको समस्या र आन्दोलन लगायतका विषयमा डा.शर्मासँग जानकारी लिनु हुने बुझिएको छ । यद्यपि यस विषयमा दुबै पक्षले केही बताएको छैन ।
राष्ट्रपति पदबाट विदाइ हुन केही घण्टा बाँकी रहँदा राष्ट्रपति डा.यादव धुलिखेल जानु भएको छ ।
dainiknepal.com


0 comments
Write Down Your Responses