हेर्नुहोस् यस्तो छ ओली प्रधानमन्त्री निश्चित भएको नयाँ समिकरण
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको भावी प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।प्रधानमन्त्रीमा उम्मेदवारी दिएका ओलीलाई संसदका तेस्रो एमाओवादी र चौथो ठूलो दल राप्रपा नेपालसहित अधिकांश साना दलको समर्थन रहेको छ ।
ओलीको उम्मेदवारीमा एमाओवादी अध्यक्ष प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक रहेका छन् ।
प्रधानमन्त्री चयनका लागि २९९ मत आवश्यक रहेको छ । यस्तोमा ओलीलाई ३२० भन्दा बढी सांसदहरुको समर्थन देखिइसकेको छ ।
एमाओवादी, राप्रपा नेपाल, राप्रपा, नेकपा माले, नेपाल मदजुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त सहितका दलहरुको समर्थन देखिएको छ ।
अहिले संसदमा कायम रहेको सांसद संख्या ५ सय ९७ रहेको छ र प्रधानमन्त्री बन्नका लागि २९९ मत आवश्यक छ । मधेसवादी दलका ३५ सभासद प्रक्रियामा सामेल छैनन् ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses