मन्त्रीको कान समात्न एमाओवादीले बनायो यस्तो समिति
सोमबार, २ कार्तिक
काठमाडौँ । एकीकृत नेकपा माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको काम कारबाहीको अनुगमन गर्न सरकार सञ्चालन समन्वय समिति गठन गरेको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।
सो समितिमा महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी, सचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल, कोषाध्यक्ष हरिबोल गजुरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा छन् ।
पार्टी र सरकारबीच समन्वय नहुँदा निर्णयको प्रभावकारिता नरहने र निर्णयको स्वामित्वसमेत नरहने भएकाले सो समिति गठन गरिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दियो ।
सरकारमा बसेर जनताको पक्षमा अधिकभन्दा अधिक काम होओस् भन्ने ध्येयका साथ समिति गठन गरिएको र समितिले सरकारलाई आवश्यक परामर्श तथा निर्णयमा पारदर्शीतालाई विशेष ध्यान दिइने प्रवक्ता शर्माको भनाइ छ ।
‘‘पार्टीलाई जानकारी नदिई आफूखुसी निर्णय गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि समिति गठन गरिएको हो’’, बैठकपछि प्रवक्ता शर्माले बताए ।
यस्तै बैठकले यही कात्तिक १२ गते प्रदेश नं २ को कार्यकर्ता भेला बर्दिबास र १३ गते प्रदेश नं ५ को कार्यकर्ता भेला कोहलपुरमा गर्ने निर्णयसमेत गरेको छ ।
www.nepalsandesh.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses