आजको राशिफल
वि.सं. २०७२ साल कात्तिक १ गते। आइतबार। इश्वी सन् २०१५ अक्टोबर १८ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– पञ्चमी, १०:३७ बजेउप्रान्त षष्ठी।मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यावसायमा खर्च बढ्नेछ। आँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले केही काम बन्नेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा अलि सावधान रहनुपर्ने समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रतिष्ठित काम गर्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट पनि फुर्सद मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। व्यावसायिक काममा लगानी बढाउने समय छ। खर्चको मात्रा बढे पनि देश–विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउन सकिनेछ। समयमा होस नपुग्नाले केही चुनौती भने आइलाग्न सक्छन्। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। होसियारीसाथ काम लिनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। प्रयत्न गर्दा सामान्य फाइदा भने हुनेछ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुन सक्छ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। परिस्थितिले अलि निष्क्रिय बनाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट राम्रै लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।


0 comments
Write Down Your Responses