भारतबाट बिहे गरेर ल्याइएकी दुलहीलाई तुरुन्त नेपाली नागरिकता दिनुपर्छ : महतो
नेपालगन्ज, २२ असोज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुको माग पूरा नभएसम्म भारतबाट एक थोपा पेट्रोल ल्याउन नदिने बताउनु भएको छ ।नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले सुरक्षाको प्रत्याभूति नहुँदा भारतले सामान दिन नसकेको बताउनुभयो । मधेस अशान्त भएका कारण भारतले नेपालमा आपूर्ति रोकेको बताउँदै उहाँले सामान पठाउँदा यहीँको सरकारको सुरक्षा दिनुपर्ने बताउनुभयो । नेपालगन्जमा आज दिउँसो हुने विरोध सभालाई सम्बोधन गर्न महतो भैरहवाबाट भारतीय भूमि हुँदै नेपालगन्ज आउनु भएको हो ।
प्रमुख तीन दलको निर्देशनमा बर्तमान सरकारले संविधानमा आफूहरुको माग नसमेटेकोले अधिकार प्राप्तिका लागि आन्दोलित हुनु परेको उहाँले स्पष्ट पार्नुभयो ।
सीमाङ्कन मधेसी मोर्चाको बटम लाइन भएको उल्लेख गर्दै उहाँले बार्ता प्रति सरकार गम्भिर नभएका कारण निष्कर्षमा पुग्न नसकेको धारणा राख्नुभयो ।
भारतबाट बिहे गरेर ल्याइएकी दुलहीलाई सांस्कृतिक सम्बन्धका आधारमा तुरुन्तै नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भारतबाट विहे गरेर ल्याएका दुलहीलाई तत्कालै अंगिकृत नागरिकता दिने ब्यवस्था गर्न माग गर्नुभयो ।
भारतबाट विहे भएका दुलहीलाई तुरुन्तै नागरिकता दिन माग गर्दै महतोले अन्य देशबाट विवाह गरेकालाई नेपालको संविधान २०४७ र अन्तरिम संविधान अनुसार दिए पनि हुने उहाँको भनाई थियो ।
dainiknepal.com


0 comments
Write Down Your Responses