उम्मेदवार घोषणा गराउनेवित्तिकै कोइराला किन पुगे शितल निवास ?
काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बनेलगत्तै राष्ट्रपति डा.रामवरण यादवलाई भेट्न शितल निवास पुगेका छन् ।राष्ट्रपतिसँगको भेटमा कोइरालाले आफ्नो राजीनामा पेश गरेका छन् । यसअघि संसद बैठकलाई सम्बोधन गरेर राष्ट्रपतिलाई भेटी सहमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका कोइरालाले औपचारिक रुपमा राजीनामा पत्र बुझाएका थिएनन् ।
राष्ट्रपतिसँगको भेटमा उनले आफू फेरि प्रधानमन्त्रीको उम्मेदवार बन्न लागेको जानकारी गराएको बुझिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको समयमा उम्मेदवारी दर्ता गर्न लागेका कोइरालाले मधेसवादी दलको समर्थन पाउने आशा गरेका छन् ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses