५.९ म्याग्च्यिुडको भूकम्पका कारण एकको मृत्यु
आइतबार, १ कार्तिक
एजेन्सी । अर्जेन्टिनामा ५.९ रिक्टर स्केलको भूकम्पको गएको छ ।  उक्त भूकम्पका कारण एक व्यक्तिको मृतयु भएको सरकारी अधिकारीहरुले जनाएका छन्।
भूकम्पका कारण एउटा स्कुल, सयौँ घर तथा खानेपानी लगायतका संरचनाहरू भत्किएका एल गाल्पनका नगरप्रमुख हेक्टर रोमेरोले बताए । उत्तरी अर्जेन्टिनाको एल गाल्पन तथा साल्टा नजिकै केन्द्रविन्दू बनाएर आएको ५.९ रिक्टर स्केलको भूकम्पको धक्का अर्जेन्टिनाको ठूलो भूभागमा महसुस गरिएको अर्जेन्टिनी भूकम्पविज्ञले जनाएका छन् ।
देशको प्राय हिमाली क्षेत्रमा स्थानीय समयअनुसार करिब ८ः३० बजे भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो ।
भूकम्प पृथ्वीको बाहिरी सतहबाट पाँच किलोमिटर गहिराइबाट आएको अमेरिकी भूकम्पीय अध्ययन संस्थाले जनाएको छ ।
सबैजसो संरचनामा ठूलो क्षति भएको छ । घरहरू भत्केका छन् । घर भत्किएपछि बिजुली, पानीलगायतका अति आवश्यक सामग्रीइका स्रोतहरू बिग्रिँदा जनजीवनमा नराम्रोसँग असर परेको छ ।
www.nepalsandesh.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses