मोदीले देखाए ठुल्दाई पारा, नाकाबन्दी खुल्छ, तर, तिहारपछि…
सोमबार, २ कार्तिकmodiकाठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले लगाएको अघोषित नाकाबन्दी तत्कान सुचारु हुन नसक्ने संकेत गराएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न उनको दिल्लीस्थित सरकारी निवास रेसकोर्समा पुगेका उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापासँगको भेटमा मोदीले केही नाका खुकुलो बनाउने आश्वासन दिए पनि कुन नाका र कहिलेबाट भन्ने विषयमा कुरै गरेनन् ।
उनले मधेसमा जारी आन्दोलनको उचित समाधान र संविधान संशोधन नभएसम्म भारतले सहज आपुर्ति नगराउने संकेत गरे ।
मोदीसँगको भेट पछि निराश बनेका थापाले प्रधानमन्त्री केपी ओलीको भ्रमण पछि मात्र सबै समस्या समाधान हुनसक्ने बताए । ओली तिहार रगत्तै भारत जाने लगभग तय भएको बताइएको छ ।
www.nepalsandesh.com
0 comments
Write Down Your Responses