नयाँ संविधानबारे बल्ल मुख खोले पूर्वराजा ज्ञानेन्द्रले
काठमाडौं । देशमा नयाँ संविधान जारी भई कार्यन्वयनमा समेत गईसक्दा पनि त्यस बारे कुनै प्रतिक्रिया नजनाएका पुर्वराजा ज्ञानेन्द्र शाहले अहिले भने आफ्नो धारणा सार्वजनिक गरेका छन् ।विजया दशमी २०७२ को सोमबार शुभकामना दिँदै शाहाले नयाँ संविधानमा सनातन धर्मसंस्कृतिलाई समावेश नगरिँदा देशमा अहिले विग्रह, विरोध र विवाद उत्पन्न भएको टिप्पनी गरेका छन् ।
शाहले राष्ट्रको मूल कानुनमा राष्ट्रका सबै वर्ण, वर्ग, समुदाय र भूक्षेत्र तथा अधिकतर जनताले अंगिकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृति र गतिविधिलाई नसमेटिँदा स्भावत त्यसले विग्रह, विवाद र विरोध उत्पन्न गराउने बताएका हुन् ।
‘लामो समयको अनिश्चितता र कठिन संक्रमणकालिन अवस्था पछि, राष्ट्रको मूल कानुनबाट मूलूकमा शान्ति, Gyanendra-Shahप्रजातन्त्र, स्थायित्व र आर्थिक समृद्धिसँगै आपसी सद्भाव स्थापित हुनेछ भन्ने चाहना र धैर्य नेपालीहरुले राख्दै आएका हुन्’, पूर्वराजा शाहले विज्ञप्ति निकालेर भनेका छन्, ‘विधि निर्माण र व्यवस्थापनको महत्वपुर्ण घडीमा देशका जिम्मेवार सुरक्षापात्र र होनहार नागरिकको जिउ ज्यान नै जोखिममा पर्नु गम्भीर चिन्ताको विषय हो ।’
परस्पर मिलिजूली एकताका साथ रहिआएकोे नेपाली समाजमा हाल देखा परेको परिस्थिति नेपाल र नेपालीको अहित हूनेतर्फ अघि नबढोस् भन्ने कामना पनि उनले गरेका । पुर्वराजा शाहले समग्र सहभागिता, समस्त सामन्जस्य र सम्पु समावेशी समर्थन नै हाम्रो राज्य व्यवस्थाको आधार बन्नू पर्नेमा जोड दिएका छन् ।
‘हिमाल, पहाड र तराईमा देखा परेको विद्यमान द्वन्द्व, विग्रह, कचिंगल, अन्योल, असन्तोष र दैनिक जीवनमा आइपरेको क७िन अवस्था एवं अभावको स्थितिमा, मेरो चासो र चिन्ता रहनू स्वाभाविकै हो’, उनले भनेका छन्, ‘आम नागरिकले सधैं नै निर्धारित सूलभ वजार व्यवस्था तथा नियमित आवागमनको सूचारु सुविधा पाउनू पर्दछ ।’
दशैं, तिहार र छटजस्ता नेपालीहरुको विशेष चाडपर्वमा समेत बजारमा इन्धन, औषधि एवम् खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तूकै अभाव हुनुको साथै नेपाली नागरिकहरुले सहज ढंगले आवागमन गर्न समेत नपाएको पूर्वराजा शाहले चिन्ता जाहेर गरेका छन् ।
‘यसबाट न्युन आयस्रोत भएकाहरुले त झनै मार खप्नु परेको तितो तथ्य हाम्रा अघिल्तिर देखा परेको छ’, उनले भनेका छन्, ‘भूकम्पको प्राकृतिक कम्पन एवम् अन्योल र अलमलको राजनीतिक उल्झनबाट पीडित नेपाल र नेपाली जनजीवनको यो कठोर कालखण्ड अव धेरै लम्विनु हुदैंन भन्ने मेरो चाहना रहेको छ ।’
उनले नेपाली समाजको मौलिक पहिचान, गौरव र गरिमा प्रस्तूत गर्ने बडा दशैंको यो महान् धार्मिक, सांस्कृतिक एवम् सामाजिक पर्वका उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका नेपालीहरुमा शुभकामना पनि दिएका छन् ।
www.etajakhabar.com
0 comments
Write Down Your Responses