‘एमाओवादीलाई हजुर गर्दा गर्दै एमालेले राम्रा मन्त्रालय पाएन’
पटकसोमबार, २ कार्तिक
चन्द्रपुर । नेकपा एमालेका नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाओवादीलाई मान्ने नाममा एमालेले सबै राम्रा मन्त्रालय गुमाएको स्विकार गरेका छन् ।
उनले आफुहरु अनावश्यक रुपमा एमाओवादीसँग झुकेका कारण सबै राम्रा मन्त्रालयहरु गुमाउनुपरेको बताए ।
सोमबार चन्द्रपुर नगर कमिटीले रौतहटको चन्द्रनिगाहपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले नेता नेपालले मन्त्रालय बाँडफाँटमा पार्टीको कमजोरी रहेको समेत दाबी गरे ।
नेता नेपालले राष्ट्रपति बन्न आग्रह गरेपनि आफू राष्ट्रपति बन्न तयार नभएको र अझै सक्रिय राजनीति गर्न चाहेको बताएका थिए । उनले राष्ट्रपतिमा सम्मानीत व्यक्तित्वलाई ल्याउनु राम्रो हुने बताए ।
नेता नेपालले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दी गैर कानुनी र भुपरिवेष्टीत राष्ट्रले पाउने अधिकार विपरित भएको बताए ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses