प्रधानमन्त्री कोइरालाले राजीनामा बुझाए
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीका लागि पुनः उम्मेदवारी दिने कांग्रेसको निर्णयपछि शनिबार दिउँसो उनी शितलनिवास पुगेर राजीनामा बुझाएका हुन्।राजीनामा बुझाएर उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । संसद्को गत असोज १५ गतेको बैठकमा प्रधानमन्त्री कोइरालाले पद छोड्ने घोषणा गरे पनि अहिलेसम्म राजीनामा दिएका थिएनन् । annapurnapost.com


0 comments
Write Down Your Responses