सुशील उम्मेद्वार बनेपछि सिटौला तनावमा
काठमाडौं–भद्र सहमति अनुसार नयाँ सरकार गठन हुनुपर्ने माग राख्दै आएका काग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला तनावमा परेका छन् ।उनलाई प्रमुख तीन दल मिलेर बन्ने ओली नेतृत्वको सरकारमा उप्रपधानमन्त्री तथा गृहमन्त्रीका रुपमा हेरिएको थियो । काग्रेसले पार्टी सभापति सुशील कोइरालालाई पुनः प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने निर्णय गर्दा पनि महामन्त्री सिटौला काग्रेसले ओलीलाई समर्थन गर्नुपर्ने लविङमा थिए । काँग्रेसका एक केन्दीय सदस्यले भने, ‘सिटौला तनावमा छन् । उनी एमाले नेतृत्वको सरकारमा काग्रेस सहभागी बन्नुपर्ने पक्ष छन ।’ संघीयताको विवादमा झापा, मोरङ, सुनसरीलाई टुक्राउन नहुँने योजनामा सिटौलाले ओलीलाई साथ दिएका थिए । www.ratopati.com


0 comments
Write Down Your Responses