मधेसी मोर्चाका नेताहरुबीच भारतीय नेताकै अगाडी दिल्लीमै झगडा
मंगलबार, २२ मंसिरसरकारसँग सहमतिको विषयमा महतो, ठाकुर र यादवबीच बढ्यो दुरी
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका नेताहरुबीच देखिएको इगो समस्या दिल्लीमै छताछुल्ल भएको छ ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा दिल्ली पुगेका मधेसवादी दलका अध्यक्षहरुबीच सरकारले पेश गरेको तीन बुँदे प्रस्तावलाई कसरी ग्रहण गर्ने भन्ने विषयमा लफडा भएको हो ।
काठमाडौंमा रहँदा पनि मोर्चाका शीर्ष नेताहरुबीच मतभेद रहँदै आएको थियो । सद्भावना अध्यक्ष राजेन्द्र महतोले भारतले आगह गर्दैमा नाकाबन्दी नखोल्ने अभिव्यक्ति दिएपछि दिल्लीमा लफडा सुरु भएको हो । महन्थ ठाकुरले भने सरकारले प्रस्तुत गरेको अवधारणा सकारात्मक भएको र मोर्चाको बैठक बरेर निर्णय गर्ने बताएका थिए ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सरकारले प्रस्ताव गरेको तीन बुँदेमा आधारीत भएर सहमति गर्न मोर्चाका नेताहरुलाई सुझाव दिएकी थिइन् । स्वराजको सुझावपछि मधेसी मोर्चाका नेताहरुले नेपाल सरकारको लाइनमा भारत पुगेको भन्दै असन्तुष्टी समेत जनाएका थिए । मोर्चाका नेताहरु महन्थ ठाकुर र महेन्द्र राय भने यो प्रस्तावको दायरा फराकीलो पारेर सहमति गर्नुपर्ने पक्षमा उभिएका छन् भने उपेन्द्र यादव पनि मध्यमार्ग कै पक्षमा रहेको बताइएको छ ।
तर, महतो भने भारतको दृष्टीकोणले मधेस समस्या समाधान नहुनेमा छन् । सोमबार मात्रै भारतीय संसदमा भारत आएका पाँच मध्ये तीन चुनावमा सर्वनाक हार व्यहोरेकालाई बोलाएर भारतले गल्ती गरेको आरोप लगाएपछि भारतीय सरकार पनि झसंग भएको थियो । संसदमा बोल्ने सांसदहरुले यो नाकाबन्दी भारतले हैन मोदी सरकारले मात्रै गरेको बताएका थिए ।
मोर्चाका नेताहरुले जवारलाल नेहरु विश्वविद्यालयमा आयोजित अन्तरक्रियामा पनि नेताहरुबीच फरक फरक अभिव्यक्ति आएपछि भारतीय सरोकारवाला निकाय पनि जिल्ला परेको बताइएको छ ।
nepalsandesh
0 comments
Write Down Your Responses