मधेसी नेता दिल्लीबाट फर्कीएको भोलिपल्टै यसरी खुल्यो नाका, धमाधम इन्धन आउँदै
बिहीबार, २४ मंसिरनेपालगञ्ज । आन्दोलनरत मधेसी मोर्चाका नेताहरु दिल्ली दौडाहाबार फर्कीएको भोलीपल्टै नेपालगञ्जको रुपैडिया नाका सहज बनेको छ ।
यो पनि भारतीय प्रहरीकै सहयोगमा । उक्त नाकाबाट अहिलेसम्म कम्तिमा १५० ट्रक सामान नेपाल भित्रिएको छ भने अन्य २०० बढी सामान भित्रने तरखरमा छन् ।
भारतीय सीमा क्षेत्रमा भारतीय सुरक्षा कर्मीको बोक्लो उपस्थिति रहेको छ । अबरोध गर्न जाने मोर्चाका कार्यकर्तालाई उनीहरुले लखेट्ने तयारी गरेका छन् ।
अहिलेसम्म इन्धनका ट्यांकरहरु पनि धमाधम भित्रिएका छन् । जसमा ५ ट्यांकर पेट्रेल र १९ ट्यांकर डिजेल रहेका छन् ।
५० बढी इन्धनका ट्यांकर भित्रने तयारीमा रहेको भन्सार कार्यालयले जनाएको छ ।
nepalsandesh
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
2 comments
Write Down Your Responses
December 9, 2015 at 9:25 PM
ke naka khuladaima bazzar value phailekai aabsthama returned hola ta yasko jimbewari kasle line
December 9, 2015 at 9:25 PM
ke naka khuladaima bazzar value phailekai aabsthama returned hola ta yasko jimbewari kasle line