विजेता स्वदेश फिर्ता, त्रिभुवन विमानस्थलमा भव्य स्वागत्
काठमाडौं, माघ ९ । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टोली शनिबार स्वदेश फर्किएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत् गरिएको छ । राष्ट्रिय झन्डा बोकेर विमानस्थलमा पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, पूर्वखेलाडीहरु, खेलाडीका आफन्त, शुभचिन्तक सर्वसाधारणलगायतले खेलाडीको भव्य स्वागत गरेका हुन् ।
बाजागाजासहित फूलको गुच्छा र खादा बोकेर गएका सर्वसाधारणले खेलाडीको स्वागतमा नाराबाजीसमेत गरेका छन् ।
खेलाडीहरुलाई त्रिभुवन विमानस्थलबाट तिलगंगा, गौशाला, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर अभिनन्दन गरिने कार्यक्रम छ ।
यसैगरी, शनिबारै प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुसँग भेट गरी बधाइ दिने कार्यक्रम छ ।
शुक्रबार भएको फाइनलमा नेपालले बहराइनलाई ३–० ले हराएर उपाधि जितेको थियो । नेपालले पछिल्लो २३ वर्षमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।
imagekhabar


0 comments
Write Down Your Responses