भारतीय नाकाबन्दीको निगरानी गरिरहेका छौं, छिट्टै एक्शन लिन्छौंः अमेरिकी नेता कोनोली
 ९ माघ । अमेरिकी कांग्रेस तथा नेपाल ककसका कांग्रेसनल सदस्य जेराल्ड ई कोनोलीले भारतले अघोषित रुपमा नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीलाई नजिकबाट आफू तथा सम्पूर्ण कांग्रेस सदस्यले नियाली रहेको बताएका छन् ।
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको ११ औ जिल्लाका सभासद कोनोली शक्तिशाली सांसद हुन् भने उनले बिगत समयदेखि नै नेपालको विकास लागि थुप्रै सहयोग आएका छन् ।
अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको भिजन फर नेपाल फाउन्डेसनका संस्थापक अध्यक्ष कृष्ण शर्मा लगायतले ध्यानाकर्षण पत्रमार्फत गत डिसेम्बर ३ तारिखमा नेपालमा भारतले गत सेप्टेम्बर २० तारिख देखि अघोषित रुपमा लगाएको आर्थिक नाकाबन्दीको कारण मानवीय संकट उत्पन्न भएकोमा संसद कोनोलि लगायत अन्य सदस्यलाई पत्राचार गरेका थिए ।
कोनोलीले नेपाल र भारत सीमामा देखिएको तनाब सम्बन्धी बिषयलाई लिएर सम्पर्क गरेकोमा शर्मालाई धन्यबाद दिएका छन् भने उनले भिजन फर नेपाल फाउन्डेसनलाई झन्डै डेढ महिना पश्चात पनि स्थितिमा सुधार नआएकोले जनवरी २० तारिखमा लिखित प्रति उत्तर दिएका छन् ।
कोनोलीले लेखेको पत्रमा नेपाल र भारतको राजनीतिक तनाबको कारण नेपाल तथा भारतका सर्वसाधारण जनताले ठूलो आर्थिक तथा मानवीय नोक्सानी बेहोर्नुपरेको उल्लेख गरेका छन् । र साथै गत बर्ष बैशाखमा गएको भूकम्पको क्षति र तनाबको कारण पुनर्निर्माणमा सुस्त भएको उल्लेख गरेका छन् ।
स्मरण रहोस गत अप्रिल महिनामा नेपालमा ठुलो जनधनको क्षति हुने गरि शक्तिशाली भूकम्प जाँदा फेयर फ्याक्स ४९ जनाको उद्धार सदस्य टोलीलाई नेपाल पठाउने चाँजो मिलाउने काम यिनै सांसद कोनोलीको पहलमा भएको थियो ।
नेपाल ककसका कांग्रेसनल सदस्य आफू भएकोले यस्तो अवस्थामा पनि आफू सदा विकासको लागि सतर्क छु भनि जताएका छन् । आफ्नो कार्यालयबाट राज्य बिभाग तथा युएसआईडीसंग पनि जानकारी लिईरहेको उल्लेख गरेका छन् ।
भिजन फर नेपाल फाउन्डेसन अमेरिका तथा नेपालमा माथिल्लो स्तरमा हुने नीतिगत गतिविधिमा आफ्ना सुझाब, सल्लाह राख्नुको साथै यस्ता गहन बिषयमा फाउन्डेसनले वकालत गर्दछ ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses