तीन दलको बैठक बालुवाटारमा, संसद बैठक तीन बजे
काठमाण्डु, ९ माघ– संविधान संशोधन विधेयकका सम्बन्धमा साझा धारणा बनाउन प्रमुख तीन दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मधेसी मोर्चालाई मान्य हुने गरी संविधान संशोधन विधेयक कसरी पारित गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत हुने बुझिएको छ ।सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकमाथिको दफावार छलफल सकिएको छ । मधेसी मोर्चाले आफ्नो सहमतिबीनाको संशोधन प्रस्ताव पारित हुनु र नहुनुसँग कुनै अर्थ नहुने प्रतिक्रिया दिइसकेको छ ।
यसैबीच शनिबार नै संसद बैठक पनि बस्दैछ । संसद बैठकमा प्रस्तावित संशोधन विधयेकका सम्बन्धमा उठेका प्रश्नको जवाफ कानुनमन्त्री अग्नी खरेलले दिँदैछन् । संसदमा प्रस्तुत भएको संशोधन प्रस्तावका सम्बन्धमा परेका पुरक संशोधन प्रस्ताव पनि समेटेर संशोधन पारित गर्ने कि पुरकबाहेक पारित गर्ने भन्ने विषयमा प्रमुख तीन दलद्वारा गठित कार्यदलले गहृकार्य गरिरहेका छ ।kathmandutoday


0 comments
Write Down Your Responses