मेचीकाली एकीकृत युवा जागरण अभियान
९ माघ, नवलपरासी।नेकपा माओवादी विप्लव समूहको सहायक संगठनका रुपमा रहेको राष्ट्रिय युवा जनस्वयम्सेवक संगठनले आगामी फागुन १० गतेदेखि मेचीकाली एकीकृत युवा जागरण अभियान शुरु गर्ने निर्णय गरेको छ ।
दुईदिनसम्म नवलपरासीमा सम्पन्न संगठनको केन्द्रिय बैठकले राष्ट्रघात,जनघात र भ्रष्टाचारको विरुद्धमा जागरण अभियान शुरु गर्ने निर्णय गरेको चितवनको भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
जनयुद्धको २१ औँ वर्षगाठको अवसर पारेर आयोजना गरिन लागेको जागरण अभियानमा देशभरका करिव एकलाख युवा सहभागि हुने दाबी जनस्वयम्सेवक संगठनका अध्यक्ष झक बहादुर मल्लले गरे ।
पत्रकार सम्मेलनमा उनले देशमा अराजकता मौलाउदा समेत सरकार मुकदर्शक भएर बसेकोप्रति गम्भीर आपत्ती समेत प्रकट गरेका थिए ।
यसैगरी गत पौष २२ गते संगठनका महासचिव बाबुराम किरातीलाई विना कारण पक्राउ गरिएको भन्दै निर्शत रिहा गर्न समेत माग गरिएको छ ।nepaliheadline


0 comments
Write Down Your Responses