सुशिल कोइरालाले सभापतिमा उम्मेदवार दिदैनन्, देउवाले खोले यसको रहस्य
९ माघ, चितवन।नेपाली काग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले सभापति सुशिल कोइरालाले यसअघि एकपटक मात्रै सभापति बन्ने प्रतिवद्धता गरेकाले आफू नै आगामी महाधिवेशनमा सभापतिको उमेद्वार भएको बताएका छन् ।
आम संचार प्रतिष्ठानवाट स्वर्गिय कृष्णप्रसाद भट्राईको नाम सरकारले हटाएको विरोधमा प्रेस युनियन चितवनले शुरु गरेको हस्ताक्षर अभियान तथा पत्रकार घेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता देउवाले यस्तो बताएका हुन ।
आफूले पार्टीमा ठूलो त्याग गरेको र अहिले आम नेता कार्यकर्ताको चाहना पनि देउवा सभापति बनोस् भन्ने चाहना रहेको दावी गर्दै देउवाले सभापतिमा उमेद्वारी दिन लागेको स्पष्ट पारे ।
उनले आफू सभापति भए ६ महिनाभित्रै सबै भातृ संगठनहरुको निर्वाचन गराइछाड्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । पार्टीमा विभिन्न गुट,उपगुट र ध्रुविकरण रहेको विषयमा संचारकर्मीहरुको जिज्ञाशामा वरिष्ठ नेता देउवाले आफू सभापति भएमा यी सवै हटाएर पाटी एक वनाउने दावी समेत गरे ।
वर्तमान सरकारको कार्यशैलीप्रति व्यंग्य गर्दै उखानटुक्काले देश नचल्ने बताए । सरकार प्रधानमन्त्रीकै बोलीका कारण कमजोर भएको देउवाको टिप्पणी थियो । संसदमा पेश भएका संसोधन पारित भएमा मधेशको समस्या समाधान हुने देउवाको भनाई थियो । स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाम आम संचार प्रतिष्ठानवाट हटाएर अत्यन्त ठूलो भूल सरकारले गरेको भन्दै तत्काल सच्याउन देउवाले आग्रह गरे ।nepaliheadline


0 comments
Write Down Your Responses