आफ्नै बच्चा झै बाँदरले कुकुरको छाउरो पाल्दै, अनौठो घटना हेर्न जम्मा हुन्छन् मान्छे
एक बाँदरले कुकुरको छाउरो पाल्दै छ, सुन्दा पत्यार नलागेपनि भारतको तमिलनाडुको सडकमा दिनहुँ मान्छेले देख्ने दृश्य हो यो।

कुकुर र बाँदरबीच मित्रता हुँदैन भन्ने युक्तिलाई झुटो बनाउँदै यो बाँदरले सो कुकुरको छाउरोलाई काखमै बोकेर बस्ने गरेको छ। आवारा कुकुरबाट बचाउने अनि खान सिकाउनेसम्मको काम यो बाँदरले गर्दै आएको छ।
 खानेकुराको हिस्सा कुकुरसँग बाडेर खान्छ अनि दिनभरी सो छाउरो बोकेर संगै बस्छ।

यो मकैक प्रजातिको बाँदर निकै खुंखार हुन्छ। तापनी यो बाँदर र कुकुरको मित्रता भने देख्दै अनौठो छ।nepaliheadlines
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses