मधेसमा फेरी गोली चल्यो, एकको मृत्यु दर्जनौ घाईते
बिहीबार, ७ माघ
मोरङ ।  एमालेको भातृ संगठन  युवा संघ नेपालको मधेस जागरण अभियान विथोल्न जम्मा भएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच मोरङको रंगेलीमा गोली चलेको छ ।
युवा संघको कार्यक्रम बिथोल्न मोर्चाका कार्यकर्ताले उग्र प्रदशन गरेपछि प्रहरीले उनीहरुलाई रोक्न गोली चलाएको हो ।प्रहरीले गोली चलाउँदा एक ६२ वर्षीया वृद्धाको ज्यान गएको छ ।
मोर्चाका कार्यकर्ताहरु लाठी र घरेलु हतियारसहित उत्रेपछि तनाव बढेको हो । मोर्चाका कार्यकर्ताहरुले प्रहरीको घेरा तोडेर युवा संघको कार्यक्रमस्थलमा आक्रमण गर्न खोजेपछि प्रहरीले करिब ५० राउन्ड बढी गोली चलाएको हो ।
प्रहरीले मोर्चाका कार्यकर्ताहरुलाई रोक्ने क्रममा दर्जनौ सेल अश्रुग्यास पनि हानेको थियो । झडपका क्रममा एकजना प्रहरी घाइते भएका छन् भने मधेसी मोर्चाका अर्का कार्यकर्तालाई पनि गोली लागेको छ ।
प्रहरीको गोलीबाट मारिएका ती वृद्धाको नाम र ठेगाना भने अहिले सम्म खुल्न सकेको छैन ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses