यी खेलमा खेलाडी नबिकेको भए शायद नतिजा बेग्लै हुने थियो
काठमाण्डु, ९ माघ– ६ वटा अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीमा अगुवाले ‘फिक्सिङ’ गरेर अरूलाई जिताएको पुष्टि भएको छ । सन् २००८ मा भएको मोरडेका कपमा अफगानिस्तानसँग २–२ को बराबरी खेलेर प्रत्येक खेलाडीले पाँच हजार अमेरिकन डलरका दरले पैसा लिएका थिए ।
त्यस्तै, सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिपमा तीन हजार ६१ डलर लिएका थिए । सन् २०११ मा फिलिपिन्समा भएको मैत्रीपूर्ण खेलमा पनि नेपाली टोलीका अगुवाहरूले प्रतिखेलाडी पाँच हजार डलरकै दरले पैसा लिएका थिए । जुन खेलमा पहिले नै तय भएअनुसार नै नेपाल ४–० ले पराजित भएको थियो । सन् २०१२ को नेहरू कपमा नेपालले क्यामरुमसँग ४–० गोल अन्तरले हार्नेगरी फिक्सिङ भएकोमा गोलकिपर रितेश थापा परिवर्तन भएपछि ५–० ले हारेको समेत अनुसन्धानमा खुलेको छ । गत वर्ष मात्र दक्षिण कोरियामा भएको एसियन गेमअन्तर्गतको २३ वर्षमुनिको फुटबल प्रतियोगितामा उनीहरूले प्रतिखेलाडी पाँच हजार डलरका दरले पैसा लिएको प्रहरी दाबी छ । kathmandutoday
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses