२०७२ साल माघ ९ गते शनिबार:- तपाईको आजको राशिफल
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर,शाके १९३७,विक्रमसम्वत २०७२ साल माघ ९ गते शनिवार नेपाल सम्बत ११३६ पोहेलाथ्व,सन् २०१६ जनवरी २३ तारिक शुक्लपक्ष चतुर्दशी तिथि विहान ७ वजेर २७ मिनेटसम्म,पुनर्वसु नक्षत्र राती ८ वजेर २५ मिनेटसम्म, विष्कुम्भयोग राती १० वजेर ३३ मिनेटसम्म, बणिजकरण विहान ७ वजेर २७ मिनेटसम्म, आनन्दादियोग छत्र, सूर्य मकर राशीमा,चन्द्रमा अपरान्ह २ वजेर २१ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।
मेषः–


कहि कतैबाट भ्रमको खेति हुनसक्छ सतर्क रहनु होला । विलम्ब नगरि समयमा निर्णय लिएर धैर्यतापूर्वक गरेका काम सफल हुनेछन् । लाभ पनि हुनेछ ।
वृषः–


काममा असफलता मिल्न सक्छ । आलोचना बढ्नेछ । सुख,शान्तिमा कमी आउनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । खर्च बढ्नेछ ।
मिथुनः


समय प्रतिकुल बन्दै छ काममा विलम्ब नगर्नु होला । व्यापार व्यवसयाबाट सामान्य लाभ हुनेछ । वेलुका पाखा खर्च एवं विवाद बढ्न सक्छ ।
कर्कटः


कार्य लगनशिलता विस्तारै बढ्ने देखिन्छ । ऋण लगानी गर्दा विचार पु¥याउनु होला । आफन्तमा मनमुटाव बढ्नसक्छ । वेलुका पाखा केहि लाभ हुनेछ ।
सिंहः–

अरुको कुरामा समय बढि नफाल्नु होला । समयमा काम गर्न सकिएन भने आएको अवसर पनि गुम्नेछ । व्यापर व्यवसायबाट स्वल्प लाभ हुनेछ ।
कन्याः–


व्यापारमा सुधार आउन र काममा प्रगति हुन समय लाग्नेछ । व्यर्थका काममा धन लगानी हुनसक्छ सजग रहनु होला । अनावस्यक झन्झट आइलाग्न सक्छ ।
तुलाः–


प्रतिकुलता बढ्दै छ समयमा काम गर्नु होला । आर्थिक उन्नतिका सम्भावना क्षिण भएर जानेछन् । बाह्य कुरामा बढि चासो बढ्नेछ । साझपख खर्च बढ्ला ।
वृश्चिकः–


समयले साथ दिनेछ काम गर्न अल्छि नगर्नु होला । तपाईको कामबाट अरु पनि प्रभावित हुनेछन् । भाग्यले पनि साथ दिनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।
धनुः–


प्रतिकुलताबाट अनुकुलतातिर,व्ययबाट आयतिर,चिन्ताबाट खुशीतिर मन दौडिने छ । आर्थिक स्थिति त्यति अनुकुल नहुदा काममा विलम्ब भने हुनसक्छ ।
मकरः–


अन्योलमा परिनेछ । उपलब्धि विहिन काममा समय बढि लगानी हुनेछ । खानपान नमिल्दा स्वास्थ्यमा पनि समस्या आउन सक्छ । खर्चमा तिव्रता आउनेछ ।
कुम्भः–


समयमा कार्य सम्पदान गर्ने कोशिस गर्नु होला नत्र आएको अवसर पनि गुम्नेछ । स्वतन्त्र व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साँझपख काममा अवरोध आउनेछ ।
मिनः–

काममा बाह्य हस्तक्षेप बढ्न सक्छ । कुनै पनि काम गर्दा गोपनीयता अप्नाउनु होला । काम गरे अनुसारको लाभ हुनेछ । नयाँ कामको अवसर आउन सक्छ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses