वैज्ञानिकले पत्ता लगाए पृथ्वीभन्दा १० गुणा ठूलो अर्को ग्रह
बिहीबार, ७ माघएजेन्सी । अमेरिकी अन्तरिक्ष वैज्ञानिकहरुले सौर्यमण्डलमा पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह भेटिएको दावी गरेका छन् ।
क्यालिफोर्निया इन्स्टीट्युट अफ टेक्नोलोजीका शोधकर्ताले यसलाई ‘प्लानेट नाइन’ को उपमा दिएका छन् ।
यसले अरबौ माइल परबाट परिक्रमा गरिरहेको छ । अनुसन्धानको नतिजा कम्प्युटर मोडलिङमा आधारित छ ।
अनुसन्धानका सहलेखक कोनस्टान्टिन बेटेगिनले ग्रह अस्तित्वमा रहेकोमा आफूहरु विस्वस्त रहेको बताए ।
यस ग्रहले बरुणले भन्दा २० गुणा छिटो सूर्यको परिक्रममा गर्ने अनुसन्धानकर्ताले बताएका छन् ।
nepalsandesh


0 comments
Write Down Your Responses