३१ देखि ५० लटसम्मका मोटरसाइकललाई यहाँबाट बाँडिदैछ तेल
काठमाडौं – नेपाल आयल निगमले ३१ देखि ५० लटसम्मका निजी मोटरसाइकल र स्कुटरलाई शुक्रबार तेल वितरण गर्ने भएको छ । निगमले तोकेको पम्पहरूबाट पेट्रोल वितरण गर्ने कार्य बिहान ९ बजेदेखि सुरु गर्ने निगमले जनाएको छ । प्रत्येक मोटरसाईकल/स्कुटरलाई ५ (पाँच) लिटर पेट्रोल उपलब्ध गराइने छ । हरेक उपभोक्ताले पेट्रोल भर्न आउँदा नविकरण भएको ब्लु–बुक साथमा लिई आउनुपर्ने छ । तोकिएको लट नम्बर अनुसार लाईनमा बसे नबसेकोर विक्रि वितरण सम्बन्धमा वाणिज्य विभाग, नेपाल आयल निगम तथा नेपाल प्रहरीबाट अनुगमन गर्ने जनाएको छ । नुवाकोट, सिन्धुपाल्चोक र दोलखा जिल्लाको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी विक्री वितरण गरिने जनाएको छ । ratopati


0 comments
Write Down Your Responses