थाहा पाउनुहोस तातोपानीमा लेमन मिसाएर खानुका अचुक फाइदाहरु
काठमाडौं, ७ भदौ । तातोपानीमा कागती मिसाएर खानु स्वस्थ्यका लागि निकै लाभदायक मानिन्छ । दैनिक रुपमा एक गिलास तातोपानीमा कागती मिसाएर खाँदा हाम्रो शरीरलाई निकै ठुलो फाइदा पुर्याउने गर्दछ ।
दैनिक एक गिलाँस तातोपानीमा लेमन मिसाएर खाँदा हुने फाइदाको बारेमा तपाईले कल्पना पनि गर्नु भएको छैन होला ।

यस्ता छन् कागती पानीका अचुक फाइदाहरु

१ नियमित एक गिलास तातोपानीमा कागती (लेमन) मिसाएर सेवन गर्दा दिमाग र शरिरलाई फ्रेस राख्न मद्धत गर्दछ ।
२. कागती पानी (लेमन जुस) भिटामिन ‘सि’को निकै ठुलो स्रोत हो । जसले हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमताको विकाश गर्दछ । जसले चिसोका साथै विभिन्न रोगसँग लड्ने क्षमताको विकाश गर्दछ ।
३. कागती पानीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रमा रहेको हुन्छ । जसका कारण यसको नियमित सेवनले छालालाई सँधै जवान र ताजा राख्न मद्धत गर्दछ ।
४. कागती पानीले हाम्रो मुत्र नलीलाई सफा राख्न मद्धत जसले गर्दा हाम्रो शरीरमा जम्मा भएर बसेको टक्सिनलाई बाहिर निकाल्न मद्धत गर्दछ साथै कलेजोलाई स्वच्छ राख्न मद्धत गर्दछ ।
५ कागती पानीबाट प्रशस्त मात्रमा पोटासियम प्राप्त हुन्छ जसले हाम्रो ब्रेन ( दिमाग) र शरिरका अन्य (नर्भ) ज्ञानेन्द्रीय अंगहरुको कामलाई प्रभावकारी बनाउन मद्धत गर्दछ ।
६. कागती पानीले थकान र तनावलाई कम गरि तपाईलाई नयाँ स्फुर्ति प्रदान गर्दछ ।
७. यदि तपाईले दैनिक एक गिलास तातोपानीमा लेमन मिसाएर खानुभयो भने २१ दिनमा तपाईको छालामा निकै ठुलो परिवर्तनको महशुस गर्नुहुनेछ । यसले तपाइको छालालाई ताजा र जवान देखाउँछ ।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses